Skip to main content

Posts

Showing posts from July, 2019

अझै पनि (still)

Photo by  Adrianna Calvo  from  Pexels ऊ सँग कुरा नभएको वर्षौं भइसकेको रहेछ, आज मोबाइलमा उसको एउटा मेसेजले मलाई फेरि त्यही कुराहरु सम्झन बाध्य बनायो। मलाई लागेको थियो उसले मलाई बिर्सी होला र मैले पनि बिर्सी सके सबै कुराहरु। उसको एउटा म्यासेजले मैले बिर्सी सकेका पलहरुलाई फेरि फिर्ता लिएर आई दियो। म्यासेजमा खासै त त्यस्तो केही लेखिएको थिएन तर जति लेखिएको थियो, ती पलहरुलाई फिर्ता लिएर आउनलाई कति पनि समय लगाएन। उसलाई आफ्नो मनको कुरा भन्नलाई मैले पिउने गर्थेँ। तर उसले छोडेर गएको दिन देखि मलाई उसको बढी नैं याद आउँथ्यो, अनि म एक्लै भएको आभाष हुन्थियो। र मैले उसले छोडेर गएको दोस्रो दिन देखि नै होस न हुने गरी पिउँथे। तर अफसोस उसको यादहरु अझै बढी आइदिन्थियो।

पानी Again

Photo by  Yadav Dhami  from  Pexels म उसलाई हेरिरहें उसले मलाई ignore गरी रही। म उसको अनुहारलाई कती बेला देखि हेरिरहेको रहेछु मलाई केही याद नैं भएन। उसका ओठहरुलाई हेरिरहें, उसका आँखालाई हेरिरहें, उसको नाकमा भएको नथनी लाई हेरिरहें।ऊ बेलाबेला आफ्ना कपाल चलाउने गर्थी सायद उसलाई यो याद पनि हुँदैन होला की उसले आफ्ना कपाल कति पटक मीलाउँछे। उसलाई पानीमा भिज्न पटक्कै मन पर्दैन सायद त्यै भएर मैले छाता किन उसलाई न ओढाएर भनेर म सँग रिसाउँथी। उसलाई रीसाउ अझै भनेर भन्थेँ तर फेरि आफ्नो मूड ठीक भएको भन्थी। मलाई थाहा नैं हुन्थिएन म कति बेला उसलाई छुन पुग्थ्यो तर ऊ मलाई त्यस्तो नगर भन्दै हकार्थि।