![]() |
| Photo by Yadav Dhami from Pexels |
म उसलाई हेरिरहें उसले मलाई ignore गरी रही। म उसको अनुहारलाई कती बेला देखि हेरिरहेको रहेछु मलाई केही याद नैं भएन।
उसका ओठहरुलाई हेरिरहें, उसका आँखालाई हेरिरहें, उसको नाकमा भएको नथनी लाई हेरिरहें।ऊ बेलाबेला आफ्ना कपाल चलाउने गर्थी सायद उसलाई यो याद पनि हुँदैन होला की उसले आफ्ना कपाल कति पटक मीलाउँछे।
उसलाई पानीमा भिज्न पटक्कै मन पर्दैन सायद त्यै भएर मैले छाता किन उसलाई न ओढाएर भनेर म सँग रिसाउँथी। उसलाई रीसाउ अझै भनेर भन्थेँ तर फेरि आफ्नो मूड ठीक भएको भन्थी।
मलाई थाहा नैं हुन्थिएन म कति बेला उसलाई छुन पुग्थ्यो तर ऊ मलाई त्यस्तो नगर भन्दै हकार्थि।

Comments
Post a Comment